• Site Map
Side Logo

Prabardhan News

  • गृहपृष्ठ
  • समाचार
  • विचार
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • विविध
  • बालबालिका
  • English


संवादाता

: स्विट्जरल्याण्डले रुसमा कीभको प्रतिनिधित्व गर्न नसक्ने मस्कोको दाबी

Card image cap

 

मस्कोमाथि प्रतिबन्ध लगाउने बर्नको निर्णयको विरोध गर्दै रुसले स्विट्जरल्याण्डले आफ्नो तटस्थ हैसियत गुमाएको र रुसमा कूटनीतिक हैसियतले युक्रेनको प्रतिनिधित्व गर्न नसक्ने बताएको छ। स्विजरल्याण्डले बुधबार युक्रेनले बर्नलाई रुसमा प्रतिनिधित्व गर्न आग्रह गरेको बताएको छ। "स्विट्जरल्याण्डले आफ्नो तटस्थ हैसियत गुमाएको छ र मध्यस्थता वा हितको प्रतिनिधिको रूपमा काम गर्न सक्दैन," रुसी विदेश मन्त्रालयका प्रवक्ता इभान नेचायेभले पत्रकारहरू बीच बताएका छन् । प्रवक्ता नेचायेभले स्विट्जरल्याण्डले कीभ सरकारलाई समर्थन गर्दै आएको र रुसमाथि प्रतिबन्ध लगाएको बताएका हुन् । "यस्तो व्यवहारबाट कसरी मध्यस्थता, प्रतिनिधित्व वा अन्य सद्भावनाका व्यहवार देखिन्छन्, यो पूर्णतया बुझ्न नसकिने कुरा हो," उनले थपे। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत फेब्रुअरी २४ मा युक्रेनमा सेना पठाएदेखि नै तटस्थताका लागि स्विट्जरल्यान्डले कूटनीतिक सहयोग प्रदान गर्न र अन्य किसिमका सेवा गर्न समेत तयार रहेको बताएको छ। रुसमाथि प्रतिबन्ध लगाउने छिमेकी युरोपेली युनियनलाई पछ्याउने बर्नको निर्णयबाट मस्को आक्रोशित छ। रासस

Share

Advertisement



Prabardhan Saptahik
© 2021, Copyrights Prabardhan Weekly | Developed by Reliefcode Theme. All Rights Reserved