शोभन शर्मा २०७६ माघ ३ गते
मौसम परिवर्तन संगै देखिने स्वास्थ्य समस्यावाट बच्चाहरूलाई कसरी जोगाउन सकिन्छ? बच्चाहरू कमजोर रोग प्रतिरोधात्मक क्षमताका कारणले मौसम परिवर्तन हुने बखतमा धेरै बिरामी परिरहन्छन जस कारण, बच्चाहरू बारम्बार रुघा खोकी, फ्लू, पाचन समस्या र अन्य रोगहरूको शिकार हुन्छन्। यस्तो अवस्थामा बच्चाहरूलाई पौष्टिक खाना चाहिन्छ जसले रोग प्रतिरोधात्मक क्षमता बढाउँदछ र बच्चाहरूलाई रोगबाट टाढा राख्दछ। आज हामी त्यस्तै केही पौष्टिक आहारका बारेमा बताउनेछौं जसले रोग प्रतिरोधात्मक क्षमतालाई बढाउँदछ र बच्चाहरूलाई रोगबाट जोगाउँदछ। १) अमला अमलामा भिटामिन सी, क्याल्सियम, आइरन, फस्फोरस, फाइबर र कार्बोहाइड्रेट मनग्य हुन्छ। यसले बच्चाहरूको प्रतिरक्षा प्रणालीलाई बढाउँछ, जसले उनीहरूको शरीरलाई भाइरल इन्फेक्शनसँग लड्न मद्दत गर्दछ। २) आलस आलस ओमेगा३ फ्याटी एसिड र फाइटोएस्ट्रोजेनमा धनी भएकोले यसको सेवनले बच्चाको प्रतिरोध क्षमतालाई बढाउँदछ। यो दैनिक सेवन गरेर, बच्चाहरूको शरीरले धेरै प्रकारका रोगहरूसँग लड्न शक्ति प्राप्त गर्दछ। ३) कागती कागतीमा एन्टीआक्सीडन्ट, भिटामिन सी, पोटेशियम र आइरन हुन्छ, जसले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ र शरीरलाई जाडोमा चिसो, रुघा खोकी र फ्लूसँग लड्न शक्ति दिन्छ। ४) गाजर गाजरमा बीटा क्यारोटीन हुन्छ जसले बच्चाहरूको प्रतिरक्षा प्रणाली बढाउँछ। यसका साथै यसमा रहेका पौष्टिक तत्त्वहरूले मेटाबोलिजमलाई सही राख्दछ भने यसले प्रोटीनको कमीलाई पनि पूरा गर्दछ। यस बाहेक यसले बच्चाहरूको शरीरलाई स्फुर्त रनख्द छ। ५) जामुन जामुन खाँदा रोग प्रतिरोधात्मक क्षमता बलियो हुन्छ साथ साथै पाचन क्षमत पनि राम्रो हुन्छ। यसको सेवन गरेमा बच्चाहरुको पेटको समस्यामा सहयोग मिल्छ। ६) जौ बच्चाहरूको आहारमा जौको रोटी समावेश गर्नुहोस्। यसमा उपस्थित एन्टि ब्याक्टीरियल र एन्टिआक्सीडन्ट गुणहरूले बच्चाहरुमा रोग प्रतिरोधात्मक क्षमता बृद्धि गराउँद छ। ७ ) चना जिंकको अभाव रोग प्रतिरोधात्मक प्रणाली कमजोर हुनुको मुख्य कारण हो।चनाको सेवनले शरीरमा यसको अभावलाई कम गर्दछ, जसले बच्चाहरूको शरीरलाई रोगहरू विरूद्ध लड्न शक्ति प्रदान गर्द छ। ८) लसुन लसुनले शरीरमा धेरै मात्रामा एन्टिआक्सीडन्टहरू उत्पादन गर्दछ, जसले बच्चाको प्रणालीलाई रोगहरू विरूद्ध लड्न बल प्रदान गर्दछ। यसले बच्चाहरूलाई रुघा खोकि र भाइरल संक्रमणबाट बचाउँछ। ९) च्याउ च्याउ भिटामिन डी र एन्टी ऑक्सीडेन्टको धनी आहार हो, यसको सेवन बच्चाहरूको लागि लाभदायक हुन्छ। बारम्बार बिरामी पर्नबाट यसले बच्चाहरुलाई जोगाउँछ भने यसको सेबनले हड्डीहरू पनि बलियो हुन्छ। १०) शखरखण्ड शखरखण्ड उमालेर र बच्चाहरूलाई दिनहुँ खुवाउनुहोस्। यसले उनीहरुको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ र धेरै रोगबाट बचाउँछ।