प्रबर्धन संवादाता २०७८। ०४। २८
विशेष सम्मान .
प्रकाश गम्भीर सिंह रायमाझीलाई प्रधानसेनापति प्रशंसा पदक एवं प्रशंसा पत्र बाट नेपाली सेनाको विशेष कार्यक्रममा जंगी अड्डामा प्रधानसेनापति पूर्णचन्द्र थापाले प्रदान गर्नुभयो। यसअघि उहाँले गोरखादक्षिणबाहु तृतिया, शुभ राज्यभिषेक पदक बिरेन्द्र ऐश्वर्य सेवा पदक राष्ट्रपतिबाट श्री जनसेवा चतुर्थ, नेपाल सरकारबाट स्रष्टा, परिचय राष्ट्रिय प्रतिभा पुरस्कार पुरातत्व विभागबाट संस्कृतकबिद्को उपाधि प्राप्त गर्नुभएको छ। रेडियो नेपालबाट वरिष्ठ गीतकार प्रमाण-पत्र पाउनुभएको छ। त्रिभुवन विश्वविद्यालयबाट पनि सम्मानित हुनुहुन्छ। विभिन्न सामाजिक संस्थाहरुले उहाँलाई सम्मान गरिसकेका छन्। भारतीय दूतावासले पनि सम्मान गरेको छ।