स्वास्थ्य प्रवर्धन संवादाता । 2076 पौष 6 गते
जाडोमा रुघा खोकी बाट कसरी बच्ने? जाडोमा रुघा खोकीको समस्या सामान्य हो तथापि रुघाखोकी लागिसकेपछि त्यसबाट हुने समस्याबाट जुनखालको झन्झट आइपर्छ त्यसबाट बच्न पाए हुन्थ्यो भन्ने सबैको मनमा पक्कैपनि रहन्छ। यसैक्रममा जाडोमा रुघाखोकीबाट बच्नका निमित्त आवश्यक कुराहरु हामीले विशेषज्ञहरूको सल्लाहमा यहाँ प्रस्तुत गरेका छौं । १ पर्याप्त निद्रा र आराम विशेषज्ञहरूका अनुसार पर्याप्त निद्रा र आरामले हाम्रो भाइरल संक्रमण संग लड्ने रोग प्रतिरोधात्मक क्षमतालाई बढाउँछ भने विभिन्न खोज हरुमा समेत दैनिक 8 घण्टा सुत्ने व्यक्तिहरूको तुलनामा 7 घण्टा वा सोभन्दा कम सुत्ने व्यक्तिहरूलाई भाइरल संक्रमण बढी हुने सम्भावना भेटिएको छ। २ हरियो सागपात पर्याप्तमात्रामा हरियो सागपात खानाले हाम्रो शरीरमा आवश्यक भिटामिनहरु प्राप्त हुन्छ जसले हाम्रो प्रतिरोधात्मक क्षमतालाई बढाउने काम गर्दछ र रुघाखोकीका मुख्य कारक भाइरल संक्रमणसँग लड्न शरीरलाई सहयोग गर्दछ। ३ भिटामिन डि हाम्रो शरीरलाई स्वस्थ बनाइराख्न भिटामिन डीको निकै महत्वपूर्ण भूमिका रहन्छ। हड्डी विकास आदिका लागि अत्यन्तै महत्वपूर्ण भिटामिन डीले हामीलाई रुघाखोकी जस्ता समस्याबाट समेत जोगाउन सहयोग गर्छ। च्याउ अण्डा, साल्मोन माछा अथवा क्यानमा राखिएको टुना माछा, कलेजो, आदिमा भिटामिन डी प्राप्त हुन्छ भने भिटामिन डि को अवस्था मापन गर्न परीक्षण समेत गर्न सकिन्छ। ४ शारीरिक व्यायाम हाम्रो शरीरको तनाव सम्बन्धी हर्मोनलाई ठीक अवस्थामा राख्न शारीरिक व्यायामको निकै महत्वपूर्ण भूमिका रहन्छ भने यसले रुघाखोकीजस्ता समस्याहरु सँग जुध्न हाम्रो शरीरलाई राम्रो अवस्थामा राख्दछ। ५ मानसिक स्वास्थ्य यदि शरीरलाई स्वस्थ राख्नु छ भने हामीले मानसिक स्वास्थ्य को समेत विचार गर्नुपर्ने हुन्छ। मानिसको मानसिक अवस्थाले शारीरिक अवस्थालाई समेत असर पार्छ भन्ने कुरा विश्वव्यापीरुपमा शोध हरुमा प्रमाणित भइसकेको छ तसर्थ शारीरिक रूपमा बलियो बन्न मानसिक अवस्थालाई असर पार्ने तनाव , क्रोध आदि जस्ता कुराहरुबाट हामीले आफूलाई बचाउन सके रुघाखोकीजस्ता साधारण शारीरिक समस्या मात्र नभई ठूला रोगहरूबाट समेत हामी बच्न सक्छौं। ६ सामाजिक सहयोग रुघाखोकीजस्ता सामान्य तथा अन्य कडा रोगहरु लागेको अवस्थामा समेत सामाजिक सहयोगले समस्याबाट निक्लन निकै महत्वपूर्ण रुपमा सहयोग गर्दछ तसर्थ हामीले कुनै पनि समस्या भएको अवस्थामा एक्लै बस्नुभन्दा सामाजिक क्रियामा भागलिने तथा आफ्ना पीडा चिन्ता आदिलाई आफ्ना नजिकका व्यक्तिहरुमा बाँड्ने कार्य गर्नुपर्दछ। सामाजिक साथ र सहयोग कुनै औषधि भन्दा कम हुँदैन। ७ रक्सी सेवन नगर्ने रक्सी सेवनले हाम्रो डेन्डिट्रिक कोशिका मार्छ भने यसले हामीमा ब्याक्टेरिया र भाइरल संक्रमण को सम्भावना बढाउँदछ तसर्थ रुघाखोकी जस्ता समस्या वा अरु ठूलै रोगहरुबाट समेत बच्नका निमित्त रक्सी सेवन नगर्नु अति उत्तम हुन्छ। ८ खोप बढी रुघा लाग्ने व्यक्तिहरुका निमित्त फ्लु भ्याक्सिन खोपको समेत व्यवस्था छ। खासगरी पश्चिमी राष्ट्रहरुमा यसको प्रयोग बढी हुन्छ। संक्रमण को बढी सम्भावना भएका बृद्ध तथा बालबालिका का लागि यो खोप उपयुक्त हुन्छ भने जो कसैले पनि डाक्टरको सल्लाहमा यो खोप लगाउन सक्दछन्। वर्षको एक पटक यो खोप लगाइन्छ। ९ पर्याप्त तरल पदार्थ सेवन तथा चिसोबाट जुनकिरी पर्याप्त तरल पदार्थ सेवनबाट समेत भाइरल संक्रमणबाट जोगिन तथा लागिसकेको अवस्थामा निको हुन सहज हुन्छ भने खासगरी जाडो महिनामा चिसोबाट जोगिनु भाइरल संक्रमणबाट जोगिने अत्यन्त उपयुक्त उपायको रुपमा लिन सक्दछौं।