एलिसा भट्टराई -2078/8/12
प्रदुषण, रोग र उनमुक्ति
६० को दशक पश्चात वातावरणीय प्रभावका कारण मानिसहरुमा धेरै समस्या हरु देखा परिरहेको छ। बलबालिक बिकलाङ्ग अवस्थामा जन्मने, क्यान्सर जस्ता अनेक रोग व्याधीको बढ्दो अवस्था, तथा अन्य अनेक दिर्घ रोगहरुको फैलँदो अवस्थाले हामी कती प्रदुषित हुँदै गइ रहेका छौँ भन्ने कुराको पुष्टि गर्दछ। एका तीर हामीले के कुरा बुझनु जरुरी छ भने वातावरण प्रदुषित हुनु आफैमा हामो्र शरीर समेत प्रदुषित हुनुहो किन भने हावा पानी जस्तै हाम्रो सरिर पनि वातावरणकै अभिन्न अंगहो र अर्को तीर हामीले यो पनि बुझनु आवश्यक छ की धुवाँ धुलो र वातावरणमा मिसिएको हानिकारक केमिकल मात्र यसको दोषी होइन हामीले आधुनिकता सँगै अपनाएको जीवन शैली समेत यसमा जीम्मेवार छ जुनकुरा हामीले राम्रो संग बुझनु जरुरी छ। ओैधोगीक युगको आरम्भ संगै हाम्रो जीवन शैलीमा निकै परिवर्तनहरु देखा परे। खासगरी आर्थिक पाटोमा ठुलो परिवर्तन दे खा पर्यो । साना उद्योगहरु ठुला ठुला कलकार्खानामा परिवर्तित भए जसवाट प्रकृतिक वस्तुहरुलाई मानवनिर्मित वस्तु हरुमा परिणत गर्ने होडवाजी चल्यो जसले वतावरणमा प्रदुषणको मात्रामा वृद्धि गर्यो भने अर्को तीर ठुलो संख्यामा पेट्रोलियम उत्खनन समेत हुन थालेपछि वातावरणको नक्सामा नकारात्मक असर पर्नथाल्यो जसको असर मानव स्वस्थमा नपर्ने भन्ने हुनै सक्तैन थियो फलसोरुप विभिद रोग व्यादि अनि त्यसको उपचारमा खर्चने आर्थीक र मानसीक भार।
यतिमात्रले मानिस थामिएनन् आणविक भट्टि अस्त्र शस्त्र, आदिको होडवाजीले वातावरण चटारोमै पर्ने गरी च्याप्प्यिो। एक्काइसौँ सताब्दि सम्म आइपुग्दा ग्लोवल वार्मीङ्ग को मात्रा धेरै बढिसकेको छ जसले मानव समाजलाई तर्साइदिएको छ जसको भयंकर उदाहरण हामीले अस्ट्रलिया र लगतै क्यालि फोर्नियाको जंगलमा देख्यौँ। ग्लोबल वार्मिङ्ग लाई लिएरस विश्व चिन्तित छ। ऋमेरिका जस्तो रास्ट्रले पेट्रोलियम उत्खनन रोक्ने भने ता पनि भित्री राजनैतिक खिचातानिले सफलता प्राप्तहुनसकेको छैन भने उता चीन जस्ता ठुला उद्योग संचालन गर्ने राष्ट्रले यसको वारेमा केहि वोलेको छैन जसले उत्खनन्का पक्ष धरहरुलाई रामै्र वहाना मिलेको छ। नेपालमा समेत भर्खरै खानी भेटिएको छ जसको प्रतिफल राम्र भन्दा नराम्रो आउन सक्छ। अमेरिका र युरेपेलि राष्ट्रहरुलाई वत्ति बाल्न पनि आणविक उर्जाको जरुरत पर्दछ जसमा सौर्य उर्जा आदिको विकासवाट धेरैपछि मात्र उनीहरु हरित उर्जा मा निर्भर हुन सक्छन् जुन कुरा प्रकृतिक स्रोतको वाक्ले अवस्थिति र राम्रो व्यवस्थापनको कारण नेपालीले अहिल्यैनै प्रप्त गरी सकेको छ जसलाई अझ उकासेर अन्य गाडि, कलकारखानाकालागी प्रयोगहुर्ने उर्जाका लागी समेत प्रयोग गर्न सकिन्छ। भ्रष्टचारले लोतपोत हाम्रो मुलुकमा उत्खननले सामान्य नेपालि जनताको भागमा प्रदुषण वाहेक केहि नपर्ने सजिलै लख काट्न सकिन्छ।
वतवरणीय पक्ष मात्र होइन औद्योगीक युग को सुरुवात संगै हाम्रो ध्यान प्राकृतिक वस्तु हरुवाट मानव निर्मित वस्तुहरुमा वढि केन्द्रित हुन थाल्यो फलसोरुम रंगी विरंगी कपडा, केमिकल मिसाइएका खाना , विषलु पदार्थयुक्त रंग लगाइएका भान्चामा प्रयोग हुने भाँडा कुँडा, लामेसमय खानाटिकाउने केमिकलहरु आदिको बढ्दो प्रयोगले हाम्रा शरिरमा बिषादि घोल्दै गइरहेको छ। कुनै वेलामा दाँत भर्न प्रयोगहुने लिडले दाँत भर्ने व्यक्तिको वच्चामा बौधिक अपांगता देखिएको पुष्टिनै भयो आज पनि बौधिक अपांगता हुनुको कारण हरु मध्य अभिभावकले शरिरमा भित्राएको विषादिलाई समेत लिइन्छ र बालबालिकाले समेत बढ्दो उमेरमा यस्ता केमिकल हरु सरिसमा प्रवेस गराए बौधिक अपांगताहुने डर समेत रहन्छ। हामी पत्रिकामा हालेर खाजा खान्छौँ, बच्चालाई दिइने खेलौनामा हानिकारक रंग भरिएको छकि भनेर हेक्कानै राख्दैनौ, सस्ता रंगभरिएका भाँडामा खान्छौँ, विषदि मिसिएका साबुन फेसवास कस्मेटिक आदि प्रयोग गर्छौँ, बिषादि युक्त रंग भएका कपडा लगाउछाँै, सिलाभरका भाँडामा पकाएर खान्छौँ, प्लास्टिक का कपमा तातौ चिया राखेर खान्छौँ, अनेकौ विषदि रंगले भरिएका मिठाइ खान्छौँ, कपुरको ठाउँमा कालबजारीले बेचेको कपुर जस्तै देखिने अत्यन्तै हानिकारक तत्व वालेर त्यसको वासना घरभरी फैलाउछौँ, अरु कती हो कती, जुन बिषदि हाम्र शरिरमा छिडे पछि अनेक रोगलाग्छ यहाँ सम्मकि मस्तिस्कमानै यसले नराम्रो असर पार्छ। के हामी यस्ता कुरा हरु वाट बचेका छौँ त? नेपालमा ९० प्रतिसत भन्दा धेरै मानिसहरुले यस्ता कुराको हेक्का राखेको पाइएन। पश्चिमि मुलुक हरुले पहिल्यैनै यस्ता विषादिवाट पिडित भएर अग्र्यानिक कृषी, खाना, कपडा, वस्तु आदि मा लगाव बढाउँदै गएको प्रष्ट देखिन्छ, हमीले यसकुरा वाट पिडित हुनु अघावै सिक्न जरुरी छ।
बढदो प्रदुषण र यसवाट मानव स्वस्थमा पर्ने असर विश्वव्यापी समस्याहो। विश्वनै यससंग लडि रहेको छ। चुरी कुरालाई बुझेर हामीले समेत कदम चाल्दा उचित हुन्छ। स्वस्थ रहौँ।