• Site Map
Side Logo

Prabardhan News

  • गृहपृष्ठ
  • समाचार
  • विचार
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • विविध
  • उत्कृष्ट पत्रपत्रिका र मिडियाहरुबाट
  • बालबालिका
  • English


mcc संशोधन होइन खारेज गरिनुपर्छ।होसिया

Card image cap

मानसिक भ्रष्टाचारले सुशासन हुनसक्तैन । राजनीतिक अस्थिरता दलगत् स्वार्थ र तुष्टीकरणको राजनीतिले नेपालको अस्तित्व माथि नै प्रश्न उठेको छ। आज प्रत्येक नेपालीले यो देशको माटोलाई साक्षी राखेर विद्यमान विसंगत्प्रणालीको अन्त गर्न जरूरी भइसकेको छ । एकातिर जनताका नाममा भएगरेको लुटतन्त्रले सीमा नाघेको छ भने अर्कोतिर एक-अर्कामाथि दोषारोपण गर्ने, स्वार्थको सौदाबाजी र भागशान्तिको व्यापारमा रमाउने प्रवृत्तिले जनता माथि ठूलो अन्याय भइरहेको छ। गुनासो व्यवस्थापन गर्ने, जनआकांक्षालाई सम्बोधन गर्ने कुनैपनि निकाय अहिले क्रियाशील देखिएका छैननन् , उल्टो उनीहरु लुटतन्त्रमा रमाउंने राजनीतिक दलहरुको गुलामगिरीमा केन्द्रित छन्। जनताले थेग्नै नसक्नेगरी कर थोपरिएको छ। स्थानीय निकायदेखि प्रधानमन्त्रीसम्म कमिसन र भागबन्डामा केन्द्रित भएपछि सर्वसाधारणले कसरी सुशासनको अनुभूति गर्ने? गम्भीर सवालहरुको निरुपण कस्ले गर्ने भन्ने प्रश्न उठिरहेका छन् । संवैधानिक निकायहरु भागबन्डामा केन्द्रित हुनु, प्रहरी प्रशासन राजनीतिक दलका ठेकेदारहरुले पैसा उठाउने औजारको रूपमा परिचालित हुने प्रवृत्ति राम्रो संकेत कदापि होइन । देशमा व्याप्त भ्रष्टाचार, राजनीतिक र आर्थिक विसंगतिले मुलुकलाई नराम्रोसँग गाँजेको छ। अहिले विश्वमानै सबभन्दा भ्रष्ट देशको रुपमा चिनिएको छ नेपाल । यहाँका राजनीतिक दलका नेताहरुले विदेशी मालिकसंग घुँडा टेकि लम्पसार परेर एमसिसि( mcc) पनि ल्याएका हुन्। नेपालको पूर्वाधार विकासमा विशेषगरी जलस्रोतको क्षेत्रमा लगानी गर्ने उसले इच्छा मात्र देखाएको थियो। कमिसनका लागि अमेरिकी सरकारसँग आफ्नो स्वार्थ पुरा गर्न यहाँका कथित नेताहरुले एमसीसीमा सम्झौता गरिसकेका छन्। संसदबाट अनुमोदन गर्ने नाटक मञ्चन गरेर आफूले लिएका एमसिसि पास गर्ने शर्तको अग्रिम भुक्तानीलाई पचाउन संसदमा टेवल गर्ने र जनताबाट दबाब आयो भनि स्थगित गर्ने प्रपञ्च रचिएको छ। एउटा नेपालीले अर्को नेपालीलाई आपसमा भिडाएर अमेरिकनहरु देशलाई अफगानिस्तान बनाउन तल्लीन रहेको देखिन्छ। नेपालमा दंगा गराउन अमेरिका आउनु पर्दैन नेपाली अनुहारका आन्तरिक फिरंगीहरुलाई परिचालन गरे पुगिहाल्छ। रणनीतिक दृष्टिकोणले अति संवेदनशील रहेको नेपालको भूभागलाई सामरिक स्वार्थमा प्रयोग गर्न धेरै प्रयत्न गरिरहेका छन्। हाम्रा शासकहरु हामी जनताबाट निर्वाचित प्रतिनिधि हुन् भन्ने ठूलो भ्रममा हामी छौं ।विदेशीको लगानीमा यिनलाई खेताला बनाएर शासकको रुपमा खडा गरिएको मात्र हो। सामाजिक सद्भाव सैयौ वर्ष देखिको नेपालीहरूको गौरवशाली परम्परा र संस्कृतिलाई विचलन गर्ने योजनामा राजनीतिक दलका खेतालाहरुले काम गरिरहेका छन् ‌। राजनीतिक दलहरुले यहाँको प्रशासनिक संरचना अत्यन्त पथभ्रष्ट बनाइसकेको छन् । जनताप्रति उत्तरदायी सरकार नहुनु र स्थायी सरकार भनिने प्रशासनिक संरचना देशप्रति जवाफदेही नहुँदा मुलुक अहिले टुहुरो बनेकोको छ। रातारात शासकहरु सडक छापबाट करोडौं करोडका मालिक बनेका छन्। देश खोक्रो भएको छ ‌। यस्तो विषम परिस्थितिमा नेपाली युवाहरु अब जागरुक भएर भ्रष्टाचारीलाई तह लगाउने र उनीहरुले कमाएको अकुत सम्पतिलाई राष्ट्रियकरण गर्ने सशक्त आन्दोलनमा यदि उठेनौ भने देशवासी हरु स्वतन्त्र र स्वाभिमान भएर जागेनौं भने देशको अस्तित्वमै खतरा आउनसक्छ। जनताले आफ्नो मौलिक हक र अधिकारलाई उपभोग गर्न खोज्दा सरकार हतास मनस्थितिमा जेल हाल्छु भनेर सार्वजनिक सूचना जारी गर्छ भने त्योभन्दा निकम्मा नालायकी अरु केहि हुंदैन। जनताले शासन व्यवस्थालाई आफ्नो अनुकुल देशको माटो सुहाउँदो चयन गर्ने अधिकार छ। जबर्जस्ती लादिएको शासन व्यवस्थाले दीर्घकालीन रूपमा मुलुकलाई स्थिरता प्रदान गर्न सक्दैन। यो संविधान जारी भएदेखि नै विवादमा पर्दै आएको छ। विदेशीहरूको निगाह र आशीर्वादमा शासक बनेकाहरुले नेपाली भावनालाई आत्मासात गर्न सक्दैन। एमसीसीको विरोध गर्दा जेल जानु पर्ने प्रहरीको कुटाइ खानुपर्ने योभन्दा दुर्भाग्यपूर्ण घटनाहरु के हुनसक्छ? प्रहरी प्रशासन पनि नेपाली जनताको सेवक हो, शासक होइन । सार्वभौमसत्ता रक्षाकालागि उठेका आवाजहरुलाई दबाउने अधिकार तिनीहरूलाई छैन। प्रहरी प्रशासन कसैको पनि दास होइन। कथित शासकहरुले यो कुरा बुझ्नुपर्छ विगतमा पनि प्रहरी-प्रशासन लगाएर कुनै पनि शासन व्यवस्था टिकेको इतिहास छैन । प्रहरीले बल प्रयोग गरि निर्मम तरिकाबाट प्रजातान्त्रिक मूल्य र मान्यतालाई दबाउनु न्यायोचित होइन । प्रहरीले जनआवाजलाई आत्मासात गर्न सक्नुपर्छ । अहिलेको सरकार नेपाली जनताको भावना र चाहनालाई सम्मान गरेर राज्य सञ्चालन गर्न सकिरहेको छैन। उपेक्षित भएका दलहरु विदेशी शक्तिको आधारमा नेपालीमाथि शासन गर्ने मानसिकतामा उनीहरु क्रियाशील देखिन्छन्। जनताको आवाजलाई दवाउन अब कसैले पनि सक्तैन। विदेशी शक्तिले जतिनै धनराशि खर्चेर दलालहरु पाले पनि अब जनताले त्यसको भन्डाफोर गर्नेछन् । जनताले राष्ट्र कसका लागि किन चाहिएको हो भन्ने कुरा बुझिसकेका छन्। विदेशीको निगाह र दयाले नेपाल बनेको होइन। होसियार विदेशी दलालहरु !! नेपाली जागीसकेका छन अव। कथित नेताहरूको अकुत सम्पतीको हिसाबकिताब हुने बेला आएको छ। mcc संशोधन होइन खारेज गरिनुपर्छ। कुनै पनि देशको दासबनेर नेपालीहरु बस्दैन सबैलाई चेतना भया।



Share


Advertisement



Prabardhan Saptahik
© 2021, Copyrights Prabardhan Weekly | Developed by Reliefcode Theme. All Rights Reserved