प्रबर्द्धन संवाददाता २०७६ फागुन १६ गते
विजयप्रकाश मिश्रले प्रिनिटङ्ग प्रेस खरिद क्रममा अनियमितताको नियतका साथ कुराकानी गरेको दाबी गर्दै अडियो रेकर्डिङ सार्वजनिक गरे पश्चात राजीनामा दिएका निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटाले उनीविरुद्ध काठमाडौ जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् । आफूलाई नियतवश झुट्टा लाञ्छना लगाई विजयप्रकाश मिश्रले फसाउन खोजेको भन्दै बाँस्कोटाले शुक्रबार काठमाडौ जिल्ला अदालतमा गाली बेइज्जतीको मुद्दा दर्ता गराएका छन् । अडियो सार्वजनिक भएपश्चात् सामाजिक कार्यक्रम तथा सञ्जालहरुमा व्यापक आलोचना खेपिरहेका गोकुल बास्कोटा को यस कदमले कस्तो असर छोड्ला भन्ने कुरा अब चासोको विषय बनेको छ ।