प्रवर्धन संवादाता । १३ चैत २०७६, बिहिवार
कोरोनाको दस महत्वपूर्ण घटना
१) कोविड-१९ को संक्रमण हुनेको संख्या 4 लाख ५० हजार र मृत्यु हुने को संख्या २०००० नाघेको छ ।
२) मृत्यु संख्या इटालीमा सबैभन्दा बढी ७५०३ पुगेको छ।
३) चीनको वुहान जसलाई कोरोना को केन्द्र मानिएको थियो , त्यहाँ ५ दिन देखि नयाँ संक्रमित बिरामी नभएको चीन सरकारले जानकारी दिएता पनि छैठौं दिनमा फेरी एकजना सङ्क्रमित भेटेका छन्। कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्यामा स्पेनले चीनलाई उछिनेको छ।
४) संयुक्त राज्य अमेरिकामा कोरोनाको संक्रमितको संख्या उकालो लाग्नु सँगै वालस्ट्रीत डाउ भने तिखो ओरालो लागेको छ। यो इतिहासकै सबै भन्दा कमजोर स्थिति हो । आर्थिक स्थिति ओरालो लाग्नु का साथै संयुक्त राज्य अमेरिका युरोप पछिको नयाँ कोरोना को केन्द्र बन्ने आशंका गरिएको छ।
५) फ्रान्सेली प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीलाई ६०० चिकित्सकले कोबिड-१९ संक्रमण नियन्त्रण गर्न नसकी राज्यलाई ढाँटेकाे मुद्दा दायर गरेका छन्। पर्याप्त मास्क नहुँदा नहुँदै मास्क भएको भनी राज्यलाई भ्रममा राखेकोले चिकित्सककाे ६०० भन्दा बढी चिकित्सकले सी -१९ अर्थात् कोरोना -१९ भेलामा प्रधानमन्त्री एडवार्ड फिलिप र स्वास्थ्य मन्त्री एन्या बुजीन विरुद्ध मुद्दा दायर गरेका हुन्।
६) ब्रिटेनका एकहत्तर वर्षीय राजकुमार चार्ल्सलाई कोरोनाभाइरस सङ्क्रमण भएको औपचारिक पुष्टि एक विज्ञप्तिबाट जारी गरिएको छ।
७) नेपालको सिमाना जोडिएको बिहार राज्यमा दुईजना नयाँ सङ्क्रमित फेला परेको र एकजनाको मृत्यु भएको जनाइएको छ। राजधानी पटनाको एम्स अस्पतालमा ती व्यक्तिको मृत्यु भएको हो।
८) फ्रान्सबाट कतार हुँदै फर्किएकी नेपाली विद्यार्थीलाई सङ्क्रमण भएको पुष्टि हुनुका साथै नेपालमा थप एक व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण भेटिएको एक अधिकारीले पुष्टि गरेका छन्। नाम र ठेगाना गोप्य राखिएकी ती कोभिड-१९ का बिरामीको शुक्रराज सरुवारोग नियन्त्रण अस्पताल टेकु, काठमाण्डूमा उपचार भइरहेको पत्रकारहरूलाई बताएका छन्। योसहित नेपालमा भेटिएका सङ्क्रमित व्यक्तिको सङ्ख्या तीन पुगेको छ। तर तीमध्ये एक जना निको भइसकेका छन्।
९) मङ्गलबार बिहान ६ बजेबाट देशभरि अत्यावश्यकबाहेक अन्य सेवा बन्द, हिँडडुलमा प्रतिबन्ध। सबै आंतरिक र बाह्य उडान बन्द । देशका सबै सीमा नाकाहरु पनि बन्द । यो लक डाउन भारतमा जस्तै २१ दिनसम्म हुन सक्ने एक मन्त्रीको भनाइ ।
१०) विश्वमा कम्तीमा २० प्रतिशत जनता कोरोना भाइरस लकडाउनकाे स्थितिबाट गुज्रिरहेका छन्।