उमङ्ग शाह 2078/11/13
युक्रेन र रसियाका मानिस एकै हुन्। रसियाका राष्ट्रपति भ्लादमिर पुटिनले आफ्ना वक्तव्यमा बारम्बारउल्लेख गर्दै आएका थिए। विश्वभरका कैयन राजनीतिक विश्लेषकहरुको कुरा सुन्ने हो भने रसियाले युक्रेनलाई आफ्नै अंग मा्रन्दछ। यसै क्रममा रसिइकाको समर्थक दुइ क्षत्र युक्रन अन्तरगत पर्ने भुभागलाई स्वतन्त्र गराउने निहुँमा रसिया युक्रेनको संबन्धमा दरार मात्र आएन परिस्थितिले गंभिर मोड लिन पुगेको छ। दोश्रो विश्व युद्ध पश्चात पहिलो चोटि युक्रेनले रसियाको आक्रमणको सामना गर्नु परेको छ जुन् युरोप कालागी ठूलो झट्का सावित भएको छ। राजनीतिक विश्लेषकहरुका अनुसार युक्रेनको राजधानी कब्जा गरि युक्रेनमा रसिया समर्थक सरकार खडा गर्ने रसियाको योजना अनुसार यो आक्रमण सुरु भएको हो तथापि रसियालाई यो कदम त्यति सजिलो हुने देखिँदैन जबकि अमेरिका, बेलायत लगायतका जी ७ अन्रगतका शक्ति राष्ट्रहरुले यसको घोर निन्दा गरिरहेकाछन्। चीनले भने रसियाको सिमा सुरक्षा संबन्धि कार्य भन्दै आफु यस बिषयवाट छुट्टै बस्ने योजन बनाएको देखिन्छ तथापि रुसको समर्थकको भुमिकामा चीन रहने सबैले सहजै निर्कौल काटि सकेका छन्।
युक्रेनका राष्ट्रप्रमुखले आफना राष्ट्रमा आक्रमणमा आएका रसियन सेनाबहाक युद्ध विमानहरुलाई आफ्ना सैनिक हरुले झारेको बताएका छन् जुन्कुरा असत्य भएको रुसि ससरकारले बताएको छ। रुसले युक्रनको महत्त्वपुर्ण इलाका कब्जा गरे पश्चात रुसि सेना राजधानी तर्फ बढ्ने बुझि युक्रेनले आफ्ना नगरिकहरुलाई राष्ट्रका लागी लड्ने भए हतियार समेत दिने बताएको छ। युक्रेनको शहर हरमा भने भागदौड मच्चिएको अवस्था छ। लाखौँ युक्रेनि नागरिकहरु सिमावर्ती राज्य पोल्याण्डमा सरण लिन गएका छन् भने कैयन आफ्ना सुरक्षाका निमित्त भुमिगत टनलहरुमा ज्यान जोगाइै बस्न बाध्य भएका छन्।
अमेरिकी राष्ट्रपति जो वाइनडनले रुसको आक्रमणको घोर भर्तसना गरेका छन् भने अमेरिकाले रुसमाथि कडा आर्थिक बन्दि लगाउने घोषणा गरेका छन्। उनले अमेरिकामा रहेका रुसि संपत्तिहरुलाई तत्काल फ्रिज गराउने घोषणा समेत गरे। पहिल्यैनै रुसिआक्रमणको पत्तोपाइसकेका अमेरिकाले युरोपमा आफ्ना सेकाहरुको उपस्थिति समेत वाक्लो बनाई सकेको थियो। अमेरिकाले यस बिषयमा खुल्ला हस्तक्षप गर्ने नीति लिएको देखिन्छ।
बेलायतका प्रधानमन्त्रि बोरिस जोन्सन्ले रुसको आक्रमणको भर्तसना गर्दै रुसमाथि आर्थिकवन्दि लगाउने बताइसकेका छन्।
समग्रमा यो आक्रमण रुस र पश्चििमि राष्ट्रहरुको शक्ति संतुलनका निमित्त भएको प्रस्ट छ। खासगरि युक्रनलाई नेटो शक्तिमा समावेस गर्ने पश्चिमेलि शक्तिहरुको मनसाय देखिन्छ भने आफ्ना भुभागको रुसमानै रहनुपर्ने रसियाको ठम्याई छ। खासगरि पश्चिमि शक्तिहरुको प्रभावमा युक्रेनि सरकार भ्रष्टहुँदै गएको रुसले खुलेरै बताएको अवस्था छ। जेसुकै भएतापनि चेपुवामा भने सर्वसाधरण जनतानै पर्ने हुन्। जनधनको क्षतिले उग्ररुप लिनु अघिनै यो युद्धले समम्ति पाओस्।
नेपालले यएन्को सदस्यको हवाला दिँदै भर्खरै रसियाको विरुद्धमा आफ्नो धरण जरि गरेको छ। नेपालको नेतृत्त्वले दोश्रो विश्वयुद्ध देखिनै नेपालले अपनाएको असंग्लनताको नीतिलाई अपनाई कुनै शक्ति राष्ट्रको पक्ष विपक्षमा नउभिइ शन्तिपुर्ण नीति अपनाउनु पर्ने हो जसले नेपालले लामो समयदेखि अग्रसरता देखाएको असंलग्नताको नीतिलाई यथावस्थामा राख्नेछ। तसर्थ शान्तिपुर्ण नीति राख्दै विदेशी शक्ति राष्ट्रहरुको शक्ति जुधाइमा टिका टिप्पणि नगर्नुनै शान्ति प्रिय राष्ट्रका निमित्त उत्तम हुने छ भने संपुर्ण विश्वका सबै दिशाका राष्ट्रहरु संग राम्रो संबन्ध बनिरहने छ।